Joshua 23:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिनुभएको करार तिमीहरूले पालन गरेनौ भने र अरू देवीदेवताको सेवा र आराधना गर्यौ भने उहाँले आफ्नो क्रोधमा तिमीहरूलाई दण्ड दिनुहुनेछ अनि उहाँले तिमीहरूलाई दिनुभएको यस असल देशमा एक जना पनि रहन पाउनेछैनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएको करारबाट तर्केर अरू देवतालाई पुज्न गयौ र तिनीहरूलाई दण्डवत् गर्यौ भने, तब परमप्रभुको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू तुरुन्तै नाश भएर जानेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएको करार भङ्ग गर्यौ र अरू देवी-देवताको सेवा गर्दै तिनीहरूका सामु निहुर्यौ भने याहवेहको क्रोध तिमीहरूमाथि पर्नेछ। अनि उहाँले तिमीहरूलाई दिनुभएको यस असल देशबाट तिमीहरू चाँडै नै नाश हुनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरसित गरेको करार पालन गर्न अस्वीकार गर्यौ भने यस्तो हुनेछ। यदि तिमीहरूले अन्य देवताहरूको पूजा गर्यौ भने, यो भूमि गुमाउने छौ। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू प्रति परमप्रभु अत्यन्त क्रोधित हुनुहुनेछ। तब उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमि तुरन्न्त छोड्न बाध्य तुल्याइने छ।”