Joshua 23:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु तिम्रा परमेश्‍वरले तिनीहरूलाई पछि हट्‍न लाउनुहुनेछ र तिमीहरू अघि बढेर जाँदा तिनीहरूलाई धपाउनुहुनेछ। परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूका देश अधीन गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका परमेश्‍वर आफैले नै तिमीहरूका सामुन्‍नेबाट उनीहरूलाई निकालिदिनुहुनेछ, र तिमीहरूका नजरको अगि धपाइदिनुहुनेछ, र परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले उनीहरूको देश अधिकार गर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिमीहरूका परमेश्‍वर आफैँले तिनीहरूलाई तिमीहरूका निम्ति धपाइदिनुहुनेछ। उहाँले तिनीहरूलाई तिमीहरूकै सामुबाट निकालिदिनुहुनेछ। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको देशमाथि अधिकार गर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु तिमीहरूका परमेश्वरले त्यहाँ बसेका मानिसहरूलाई त्यो भूमि छाड्न वाध्य तुल्याउनु हुनेछ। तिमीहरूले त्यो भूमि लिने छौ। परमप्रभुले त्यहाँ बस्ने मानिसहरूलाई भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति यसो गर्ने वचन दिनु भएको छ।