Joshua 23:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू अघि बढ्दै जाँदा परमप्रभुले महान् र शक्तिशाली जातिहरूलाई धपाउनुभयो र कोही पनि तिम्रा विरुद्धमा खडा हुन सकेका छैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभुले तिमीहरूका सामुन्‍नेबाट महान्‌ शक्तिशाली जातिहरूलाई धपाउनुभएको छ। तर तिमीहरूका सामुन्‍ने आजसम्‍म कोही पनि अड्‌न सकेको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेहले तिमीहरूको सामुबाट महान् र शक्तिशाली जातिहरूलाई धपाइदिनुभयो; त्यसैले आजको दिनसम्म कोही पनि तिमीहरूको विरुद्धमा खडा रहन सकेको छैन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले अनेक महान अनि शक्तिशाली राष्ट्रहरूलाई परास्त गर्नमा सहायता प्रदान गर्नुभयो। परमप्रभुले ती मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तिमीहरूलाई परास्त गर्न कुनै राष्ट्रपनि समर्थ भएन।