Joshua 24:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू अघि बढेर जाँदा मैले तिनीहरूलाई थरहरी पारें र दुई एमोरी राजाहरूलाई धपाएँ। त्‍यसमा तिम्रा तरवार र धनुहरूले केही काम गर्नुपरेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूका अगिअगि एउटा अरिङ्गाल पठाइदिएँ, जसले उनीहरूलाई, एमोरीहरूका दुई राजाहरूलाई समेत तिमीहरूका सामुन्‍नेबाट धपायो। त्‍यो तिमीहरूले आफ्‍ना तरवार र धनुले गरेनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूको अगि-अगि अरिङ्गाल पठाइदिएँ; जसले तिनीहरूलाई र दुई एमोरी राजाहरूलाई पनि तिमीहरूको सामुबाट धपाइदिएँ। त्यो तिमीहरूको आफ्नै तरवार र धनुकाँडले गरेका थिएनौ।
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरूका सेनाहरू अघि बढदै थिए मैले तिनीहरूको अघि बच्छ्यूँहरूलाई पठाईदिए। ती बच्छ्यूँहरूले दुईजना राजाहरूलाई छोडन बाध्य गरयो। यसरी तिमीहरूले आफ्ना तरवार अनि धनुको प्रयोग नगरी नै त्यो भूमि लियौ।