Joshua 24:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले आफ्नै हातले कहिल्यै अन्न नरोपेको देश र नबनाएका सहरहरू मैले तिमीहरूलाई दिएँ। अहिले तिमीहरू त्यहाँ बास गरिरहेका छौ र आफूले नरोपेका दाखको बोटबाट दाख र जैतुनका बोटहरूबाट फल खाइरहेका छौ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तिमीहरूले मेहनतै नगरेको देश, र तिमीहरू आफैले नबनाएका सहरहरू मैले तिमीहरूलाई दिएँ। तिमीहरू तिनमा बस्दैछौ, र आफैले नरोपेका दाखबारी र भद्राक्षबारीका फल तिमीहरू खाँदैछौ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी मैले तिमीहरूलाई तिमीहरूले परिश्रम नै नगरेको देश र तिमीहरूले नबनाएका सहरहरू दिएँ। अनि तिमीहरू त्यहाँ बस्यौ र तिमीहरूले नरोपेका दाखबारी र जैतुनबारीका फल खाइरहेका छौ।’
Nepali ERV (पवित्र बाइबल)
मैले त्यो भूमि तिमीहरूलाई दिएँ। जुन भूमिका निम्ति तिमीहरूले काम गरेनौ मैले त्यो भूमि तिमीहरूलाई दिएँ। तिमीहरूले ती शहरहरू निर्माण गरेनौ-ती मैले तिमीहरूलाई दिएँ। तिमीहरूसित दाखबारी अनि भद्राक्षेका बृक्षका बगौंचाहरू छन्, तर ती बगौंचाहरूमा तिमीहरूले विरूवा लाउनु परेन।”