Joshua 24:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसकारण अब,” यहोशूले भन्दै गए, “परमप्रभुलाई आदर गर अनि विश्वासयोग्य र इमानदारीसाथ उहाँको सेवा गर। तिम्रा पुर्खाहरूले मेसोपोटामिया र मिश्रमा पुज्ने गरेका देव-देवताहरू हटाओ र केवल परमप्रभुको मात्र सेवा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण अब परमप्रभुको भय मान, र सारा विश्वस्ततासाथ उहाँको सेवा गर। तिमीहरूका पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि र मिश्रदेशमा पुजेका देवताहरूलाई फ्याँक, र परमप्रभुको सेवा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण अब याहवेहको डर मानेर पूर्ण विश्वासयोग्यतामा उहाँको सेवा गर। तिमीहरूका पितापुर्खाहरूले नदीपारि र इजिप्टमा पुजेका देवी-देवताहरू फ्याँक र याहवेहको सेवा गर।
Nepali ERV (पवित्र बाइबल)
तब यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुका बचनहरू सुन्यौ, यसर्थ तिमीहरूले परमप्रभुको सम्मान गर्नु पर्छ अनि साँचो भागमा उहाँको सेवा गर्नु पर्छ। ती अपवित्र देवताहरूलाई फ्याँकि देऊ, जुन तिमीहरूका पिता-पुर्खाहरूले मिश्रमा र यूफ्रेटिस नदीको पारिपट्टि पूज्ने गर्थे। अब तिनीहरूले परमप्रभुलाई मात्र आराधना गर्नु पर्छ।