Joshua 24:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु हाम्रा परमेश्‍वरले हामी र हाम्रा बुबा-बाजेलाई मिश्रको दासत्‍वबाट निकाली ल्‍याउनुभयो। हामीले उहाँले गर्नुभएको उदेकका कामहरू देख्‍यौं। हामीले पार गरी आएका भिन्‍न-भिन्‍न जातिहरूका देशमा जहाँ हामी गयौं उहाँले हामीलाई कुशल राख्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमप्रभु हाम्रा परमेश्‍वरले नै हामीलाई र हाम्रा पिता-पुर्खाहरूलाई मिश्रदेश, दासत्‍वको घरबाट मुक्त गराएर ल्‍याउनुभएको हो, र हाम्रा आँखाकै सामु त्‍यस्‍ता ठूला आश्‍चर्य कामहरू गर्नुभयो। अनि हामी जहाँ गए तापनि, जुन जातिहरूका बीचबाट हामी आए तापनि उहाँले हामीलाई रक्षा गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी र हाम्रा पितापुर्खाहरूलाई दासत्वको देश इजिप्टबाट ल्याउनुहुने र हाम्रा आँखाकै सामु ती अलौकिक चिन्हहरू गर्नुहुने याहवेह हाम्रा परमेश्‍वर आफैँ हुनुहुन्छ। जब हामी ती सबै जातिहरूका बीचबाट भएर आयौँ, तब उहाँले नै हामीलाई हाम्रो यात्राभरि सुरक्षा गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
हामी जान्दछौं कि परमप्रभु नै परमेश्वर हुनुहुन्थ्यो, जसले हाम्रा मानिसहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो। त्यस देशमा हामी दास थियौं। तर परमप्रभुले हाम्रा निम्ति त्यहाँ महान् काम गर्नु भयो। उहाँले हामीलाई त्यो देशबाट बाहिर ल्याउनु भयो, अनि अन्य भूमिहरूबाट यात्रा गर्दा हामीलाई सुरक्षा प्रदान गर्नु भयो।