Joshua 24:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी यस देशभित्र पसेर आउँदा परमप्रभुले यहाँ बास गर्ने सबै एमोरीहरूलाई धपाउनुभयो। यसकारण हामी पनि परमप्रभुको सेवा गर्नेछौं, उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले हाम्रा सामुन्‍नेबाट सबै जातिहरू, यस देशमा बस्‍ने एमोरीहरूलाई समेत धपाउनुभयो। यसकारण हामीहरू पनि परमप्रभुको सेवा गर्नेछौं, किनभने उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले हाम्रो सामुबाट यस देशमा बस्‍ने एमोरीहरू लगायत सबै जातिहरूलाई धपाइदिनुभयो। हामी पनि याहवेहकै सेवा गर्नेछौँ; किनकि उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले हामीलाई यी भूमिहरूमा बस्ने मानिसहरूलाई परास्त गर्नमा सहयोग प्रदान गर्नु भयो। परमप्रभुले हामीलाई जो एमोरी मानिसहरू यो देशमा बस्थे त्यहाँ अहिले हामी छौ, यो परास्त गर्नमा हामीलाई सहायता गर्नुभयो। यसर्थ हामी परमप्रभुको सेवा गरिरहनेछौं। किनभने उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ।”