Joshua 24:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूले सबै मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘धेरै वर्षअघि तिम्रा पुर्खाहरू यूफ्रेटिस नदीको पल्‍लोपट्टि बास गर्थे र अरू देव-देवता पुज्‍दथे। ती पुर्खाहरूमध्‍ये एक जना अब्राहाम र नाहोरका बुबा तेरह थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले सबै मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘उहिले अब्राहाम र नाहोरका बुबा तेरह, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदी पारि बस्‍थे, र तिनीहरूले अरू देवताहरू पुज्‍दथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशूले ती सबै मानिसहरूलाई भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘धेरै वर्षअगि अब्राहाम र नाहोरका बुबा तेरह लगायत तिमीहरूका पितापुर्खाहरू यूफ्रेटिस नदीपारि बस्दथे। अनि अरू देवी-देवताहरू पुज्दथे।
Nepali ERV (पवित्र बाइबल)
यहोशूले समस्त मानिसहरूलाई भने। तिनले भने, “म तिमीहरूलाई यो भनिरहेछु जो परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यसो भन्नु हुन्छः धेरै समय अघि, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदीको पारी पट्टि बस्थे। म अब्राहाम अनि नाहोरका पिता तेरह जस्ता मानिसहरूको विषयमा कुरा गरिरहेछु। त्यस समयमा, ती मानिसहरूले अन्य देवताहरूको पूजा गदर्थे।