Joshua 24:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले मानिसहरूलाई भने, “यो ढुङ्गा हाम्रो साक्षी हुनेछ। परमप्रभुले हामीलाई भन्नुभएको सबै कुरा यसले सुनेको छ। यसकारण यो तिम्रो विरुद्धमा साक्षी रहनेछ। तिमीहरूलाई आफ्ना परमेश्वरको विरुद्धमा जानदेखि रोक्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले सबै मानिसहरूलाई भने, “हेर, यो ढुङ्गा हाम्रा विरुद्धमा साक्षी हुनेछ, किनकि परमप्रभुले हामीलाई भन्नुभएका सबै कुरा यसले सुनेको छ। तिमीहरू आफ्ना परमेश्वरप्रति अविश्वासी भयौ भने त्यो तिमीहरूका विरुद्धमा साक्षी हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले सबै मानिसहरूलाई भने, “हेर! यो ढुङ्गा हाम्रो विरुद्धमा साक्षी हुनेछ। याहवेहले हामीलाई भन्नुभएका सबै कुराहरू यसले सुनेको छ। तिमीहरू आफ्ना परमेश्वरप्रति विश्वासयोग्य रहेनौ भने यो तिमीहरूको विरुद्धमा साक्षी हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यहोशूले सबै मानिसहरूलाई भने, “यो ढुङ्गाले तिमीहरूलाई आज मैले भनेका कुराहरूको सम्झना गराउनमा सहायता गर्नेछ। जब परमप्रभु आज हामीसित बात गरिरहनु भएको बेला यो ढुङ्गा यहाँ थियो। यसर्थ यो ढुङ्गाले आज के भयो त्यही कुरा तिमीहरूलाई सम्झना गर्न सहायता गर्नेछ। यो ढुङ्गा तिमीहरूको विरूद्ध एउटा साक्षी बन्नेछ। यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेशवरको विरूद्धमा जान देखि रोक्नेछ।”