Joshua 24:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूको प्राण रहुञ्जेलसम्म इस्राएलका मानिसहरूले परमप्रभुको सेवा गरे अनि उनको मृत्युपछि परमप्रभुले इस्राएलका लागि गर्नुभएको सबै कुरा आफ्नै आँखाले देख्ने अगुवाहरू जहिलेसम्म जीवित थिए त्यतिञ्जेलसम्म तिनीहरूले त्यसरी नै परमप्रभुको सेवा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूको जीवनभरि र यहोशू मरेपछि बाँचेका र परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै कार्यको विषय थाहा पाएका धर्म-गुरुहरूका जीवनभरि पनि इस्राएलीहरूले परमप्रभुकै सेवा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलले यहोशूको र उनीभन्दा धेरै बाँचेका प्रधानहरूका जीवनकालभरि नै याहवेहको सेवा गर्दैरहे जसले इस्राएलका निम्ति याहवेहले गर्नुभएको हरेक कुराहरूको अनुभव गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले यहोशू जीवित रहेको समयमा परमप्रभुको सेवा गरेका थिए। अनि यहोशूको मृत्यु भएपछि पनि मानिसहरूले परमप्रभुको सेवा जारिराखे। मानिसहरूले परमप्रभुको सेवा गर्दै गए। जब तिनीहरूका अगुवाहरू जीवित थिए। यी अगुवाहरू नै थिए, जसले ती कुराहरू देखेका थिए जो परमप्रभुले इस्राएलका निम्ति गर्नु भएको थियो।