Joshua 24:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र इसहाकलाई याकूब र एसाव दिएँ। मैले एसावलाई एदोमीको पहाडी देश दिएँ तर तिम्रा पुर्खा याकूब र त्यसका बालबच्चा मिश्रमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि मैले इसहाकलाई याकूब र एसाव दिएँ। अनि मैले एसावलाई त्यसका अधिकारको निम्ति सेइरको पहाड़ी देश दिएँ। तर याकूब र त्यसका छोराहरूचाहिँ मिश्रदेशतिर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इसहाकलाई मैले याकोब र एसाव दिएँ। मैले एसावलाई सेइरको पहाडी देश अधिकार गर्न दिएँ। तर याकोब र उसका छोराहरू तल इजिप्टतिर गए।
Nepali ERV (पवित्र बाइबल)
अनि मैले इसहाकलाई याकूब अनि एसाव नाउँका दुइ छोराहरू प्रदान गरें। एसावलाई मैले सेइर पर्वत वरिपरिका भूमि दिएँ। याकूब अनि उसका छोराहरू त्यहाँ बसेनन्। तिनीहरू मिश्रको भूमिमा बस्न गए।