Joshua 24:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पछिबाट मैले मोशा र हारूनलाई पठाई मिश्रमा ठूल्ठूला विपत्ति ल्याएँ। तर मैले तिमीहरूलाई चाहिँ निकाली ल्याएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तब मैले मोशा र हारूनलाई पठाएर त्यहाँ मैले गरेको कामद्वारा मिश्रदेशमा विपत्ति पठाएँ, र पछिबाट मैले तिमीहरूलाई निकालेर ल्याएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तब मैले मोशा र हारूनलाई पठाएँ। अनि मैले इजिप्टमा विपत्तिहरू ल्याएर त्यहाँका मानिसहरूलाई कष्ट दिएँ। मैले तिमीहरूलाई बाहिर निकालेर ल्याएँ।
Nepali ERV (पवित्र बाइबल)
तब, मैले मोशा र हारूनलाई मिश्रमा पठाएँ। तिनीहरूले मेरा मानिसहरूलाई मिश्रदेश बाहिर ल्याएको म चाहन्थें। मैले मिश्रका मानिसहरू माथि अनेक भयानक घटनाहरू घटाएँ। त्यसपछि मैले तिमीहरूका मानिसहरूलाई मिश्र बाहिर निकालेर ल्याएँ।