Joshua 24:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि मोआबका राजा सिप्पोरको छोरो बालाक तिम्रा विरुद्धमा लड्यो। त्यसले बओरको छोरो बालामलाई खबर पठाएर तिमीहरूलाई सराप दिन लायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोआबको राजा सिप्पोरको छोरा बालाकले इस्राएलीहरूसँग लड़ाइँ गर्यो। अनि तिमीहरूलाई सराप दिनलाई त्यसले बओरको छोरा बालामलाई डाकिपठायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोआबको राजा सिप्पोरको छोरा बालाकले इस्राएलको विरुद्धमा युद्ध गर्ने तयारी गर्यो, तब त्यसले तिमीहरूलाई सराप्न भनी बओरको छोरा बालामलाई बोलायो।
Nepali ERV (पवित्र बाइबल)
तब मोआबको राजा, सिप्पोरका छोरा बालाकले इस्राएलका मानिसहरू विरूद्ध लड्न तयार भए। ती राजाले बओरका छोरा बालामलाई बोलाई पठाए। उसले बालामलाई तिमीहरूलाई श्रापदिन लगाए।