Joshua 3:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू अघि यहाँ आएका थिएनौ र तिनीहरूले बाटो देखाउनेछन्। तर सन्दुकको छेउमा नजानू, त्यसको एक किलोमिटर जति पछि बस्नू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी जानुपर्ने बाटो तिमीहरूले थाहा पाउँछौ— किनभने त्यो बाटो तिमीहरू पहिले हिँड़ेका छैनौ। तर तिमीहरू र त्यसको बीचमा करीब एक हजार मिटरको अन्तर राख। त्यसको नजिक नआओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिमीहरूले कता जानुपर्ने हो, सो जान्नेछौ; किनकि तिमीहरू पहिले कहिल्यै यो बाटोबाट भएर गएका छैनौ। तर तिमीहरू र सन्दुकको बीचमा दुई हजार क्यूबिटको दूरी राख्नू; अनि सन्दुकको नजिक नजानू।”
Nepali ERV (पवित्र बाइबल)
तर धेरै नजिक भएर नपछ्याउनु। तिनीहरूसँग दुई हजार हातको पछि रहनु। तिमीहरू पहिला यहाँ आएका थिएनौ। तर यदि तिमीहरूले तिनीहरूलाई पछ्यायौ भने कहाँ जानु पर्ने तिमीहरूले थाहा पाउनेछौ।”