Joshua 3:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले यहोशूलाई भन्नुभयो, “आज म जे गर्नेछु, त्यसले गर्दा इस्राएलका मानिसहरूले तँलाई ठूलो मानिस भनी आदर गर्न थाल्नेछन् र मोशासँग झैँ म तँसित छु भनी थाहा पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, “जसरी म मोशाको साथमा थिएँ त्यसरी नै म तेरो साथमा पनि छु भनी यिनीहरूले थाहा पाउनलाई आजको दिनदेखि सारा इस्राएलीहरूको नजरमा तँलाई उठाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले यहोशूलाई भन्नुभयो, “आज म तँलाई सबै इस्राएलीहरूका दृष्टिमा उच्च पार्नेछु। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग पनि छु भनी तिनीहरूले जानून्।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले यहोशूलाई भन्नु भयो, “आज म तँलाई इस्राएलका समस्त मानिसहरूको नजरमा महान तुल्याउने काम शुरू गर्नेछु। तब मानिसहरूले जान्ने छन् म मोशाको साथमा थिएँ त्यसरी नै तेरो साथमा पनि छु।