Joshua 4:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले भनेअनुसार बाँकी मानिसहरूका अघि-अघि रूबेन र गादका कुल र मनश्‍शेका आधा कुलका मानिसहरू युद्ध गर्नलाई तयार भई नदी तरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले तिनीहरूलाई भनेबमोजिम रूबेनका सन्‍तान, गादका सन्‍तान र मनश्‍शेको आधा कुल पनि इस्राएलीहरूका सामुन्‍ने हातहतियार भिरेर तरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले तिनीहरूलाई निर्देशन दिएझैँ रूबेन, गादका र मनश्शेको आधा कुलका मानिसहरू, लडाइँका निम्ति हतियार लिएर अरू इस्राएलीहरूको अगि नदी तरेर गए।
Nepali ERV (पवित्र बाइबल)
रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहका लडाकु मानिसहरूले मोशाका आदेशहरू अनुशरण गरे र नदी पार गरी अरू मानिसहरूको अगाडि गए।