Joshua 4:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिन परमप्रभुले जे गर्नुभयो, त्‍यसका कारण इस्राएलीहरूका बीचमा यहोशू एउटा ठूला मानिस मानिन लागे। उनको जीवनकालभरि मोशालाई झैँ तिनीहरूले उनलाई आदर गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन सबै इस्राएलीहरूका नजरमा परमप्रभुले यहोशूलाई उचाल्‍नुभयो र तिनीहरूले तिनको जीवनभरि मोशालाई झैँ यहोशूलाई आदर गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन याहवेहले यहोशूलाई इस्राएलको नजरमा उच्‍च पार्नुभयो। अनि तिनीहरूले मोशाको आदर गरेझैँ, तिनको जीवनकालभरि तिनको पनि आदर गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन परमप्रभुले इस्राएलका सबै मानिसहरूको नजरमा यहोशूलाई एक महान मानिस बनाउनु भयो। त्यस समय देखि मानिसहरूले यहोशूलाई सम्मान गर्न थाले। तिनीहरूले यहोशूलाई तिनको जीवनकाल भरि त्यही प्रकारले सम्मान गरे जसरी तिनीहरूले मोशालाई सम्मान गर्थे।