Joshua 4:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्‍दुक अघि यर्दनमा जाओ र प्रत्‍येक इस्राएली कुलको निम्‍ति एक-एक वटा ढुङ्गा आ-आफ्‍ना काँधमा बोकेर ल्‍याओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले तिनीहरूलाई भने, “तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका सन्‍दूकको सामु यर्दन नदीको बीचमा जाओ, र इस्राएलीहरूका कुलको गन्‍तीअनुसार हरेकले एक-एक वटा ढुङ्गा आफ्‍नो काँधमा राखेर ल्‍याओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूलाई भने, “याहवेह तिमीहरूका परमेश्‍वरको सन्दुकको अगाडि यर्दन नदीको बीचमा जाओ। तिमीहरू हरेकले इस्राएलका कुलहरूको संख्याअनुसार एक-एक वटा ढुङ्गा काँधमा बोकेर ल्याओ।
Nepali ERV (पवित्र बाइबल)
यहोशूले ती मानिसहरूलाई भने, “नदीको त्यस ठाउँमा जाऊ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दूक छ। तिमीहरू प्रत्येकले एक-एकवटा ढुङ्गा लिनै पर्छ। इस्राएलका बाह्र कुल समूह प्रत्येक समूहको लागि तिमीहरूले एक एकवटा ढुङ्गा लेऊ। यी ढुङ्गा तिमीहरूले आफ्नो काँधमा बोक।