Joshua 4:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिमीहरूले भन्‍नेछौ कि परमप्रभुको करारको सन्‍दुकले यर्दन पार गर्दा नदी बग्‍न बन्‍द भएको थियो। यी ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यहाँ के घटना भएको थियो, सधैँ त्‍यसको सम्‍झना गराउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले तिनीहरूलाई यसो भन्‍नू, ‘परमप्रभुका करारका सन्‍दूकको सामु यर्दनको पानी रोकिएको थियो। यर्दन पार गर्दा यर्दनको पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलीहरूका निम्‍ति सदाका स्‍मारकको रूपमा रहनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूलाई यसो भन्‍नू, “याहवेहको करारको सन्दुकको सामु बग्दै गरेको यर्दनको पानी रोकिएको थियो। याहवेहको करारको सन्दुक बोकेर पुजारीहरूले यर्दन पार गर्दा पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलका मानिसहरूका निम्ति सधैँको लागि स्मारकको रूपमा रहनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले छोरा-छोरीहरूलाई भन्ने छौ कि परमप्रभुले यर्दन नदीको पानी बग्न बन्द गरिदिनु भयो। जब परमप्रभुको करारको पवित्र सन्दूक नदीपार भयो। ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यो कुरा सदा याद गर्नमा सहायता गर्नेछ।”