Joshua 5:13 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशू यरीहोको नजिक छँदा अचानक उनले एक जना मानिस हातमा तरवार लिएर आफ्‍नो अघि खडा भएको देखे। यहोशूले तिनको छेउ गई सोधे, “तपाईं हाम्रो मित्र कि शत्रु?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशू यरीहोको नजिक हुँदा तिनले आफ्‍ना आँखा उठाएर हेरे, र आफ्‍नो सामुन्‍ने हातमा नाङ्गो तरवार लिएका एक जना मानिस उभिरहेका रहेछन्‌। यहोशू उनीकहाँ गएर, “तपाईं हामीपट्टि हुनुहुन्‍छ कि हाम्रा शत्रु हुनुहुन्‍छ?” भनेर सोधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे। अनि तिनले आफ्नो सामु एक जना मानिसलाई हातमा नाङ्गो तरवार लिएर उभिरहेका देखे। यहोशू तिनीकहाँ गएर सोधे, “तपाईं हाम्रो पक्षमा हुनुहुन्छ कि हाम्रा शत्रुहरूको पक्षमा हुनुहुन्छ?”