Joshua 5:14 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसले भने, “म मित्र वा शत्रु कोही होइनँ! परमप्रभुको सेनाको सेनापति भएर म यहाँ आएको छु।” यहोशूले भूइँमा घोप्‍टो परेर उनलाई दण्‍डवत् गरे अनि भने, “हजुर, म तपाईंको दास हुँ। मलाई के आज्ञा गर्नुहुन्‍छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उनले भने, “होइन, तर परमप्रभुको फौजको कप्‍तान भएर म यहाँ आएको हुँ।” तब यहोशूले जमिनमा घोप्‍टो परेर दण्‍डवत्‌ गरे, र उनलाई भने, “मेरा प्रभु, आफ्‍नो दासलाई के भन्‍नुहुन्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जवाफ दिए, “कसैको पक्षमा पनि होइन। तर म अहिले याहवेहको फौजको सेनापति भएर आएको छु।” तब यहोशू भुइँमा घोप्टो परेर दण्डवत् गर्दै सोधे, “मेरा प्रभु, आफ्नो सेवकका निम्ति के सन्देश छ?”