Joshua 5:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[4-6] जब इस्राएलका मानिसहरूले मिश्र छोडे, सबै पुरुषहरूका खतना भइसकेको थियो। तर उजाड-स्‍थान पार गर्नलाई तिनीहरूले बिताएका चालीस वर्षभरि जन्‍मेका बालकहरूको खतना भएको थिएन। त्‍यो समय बितिसक्‍दा जति जना पुरुषहरू मिश्रबाट निस्‍किआउँदा लडाइँ गर्ने उमेरका थिए, तिनीहरू सबै मरिसकेका थिए किनभने तिनीहरूले परमप्रभुको आज्ञापालन गरेनन्। उहाँले तिनीहरूलाई आफ्‍नो शपथअनुसार तिनीहरूका पुर्खालाई दिने प्रतिज्ञा गर्नुभएको धनी र मलिलो देश हेर्न दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले खतना गराउनुपरेको कारण यही थियो, कि जति जना मानिसहरू, अर्थात्‌ योद्धाहरू मिश्रदेशबाट आएका थिए, तिनीहरू सबै मिश्रबाट निस्‍केपछि उजाड़-स्‍थानको यात्रामा मरिसकेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले खतना गर्नुको कारण यो थियो: इजिप्टबाट निस्किएर आएका लडाइँमा जान सक्ने उमेर भएका सबै मानिसहरू, इजिप्ट छोडेपछि उजाडस्थानको बाटैमा मरिसकेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यहोशूले सबै मानिसहरूको खतना गरिदिने काम पूर्ण गरे। मानिसहरूले त्यस स्थानमा छाउनी बनाएर बसे जब सम्म सबै मानिसहरू निको भएनन्।