Joshua 5:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आज मैले तिमीहरूबाट मिश्रमा कमारा-कमारी रहेको निन्‍दा मेटाएको छु।” त्‍यसैकारण त्‍यस ठाउँको नाम गिलगाल राखियो, त्‍यो नाम अझसम्‍म चलेकै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आजको दिन मिश्रको निन्‍दा तिमीहरूबाट मैले गुड़ाइदिएको छु।” यसकारण त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म गिलगाल भनिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “आज मैले तिमीहरूबाट इजिप्टको अपमान मेटाइदिएको छु।” यसकारण आजको दिनसम्म नै त्यस ठाउँलाई गिलगाल भनिन्छ।
Nepali ERV (पवित्र बाइबल)
जब यहोशू यरीहोको नजिक थिए उनले माथितिर हेरे अनि आफ्नो अघि एकजना मानिसलाई उभिरहेको देखे। त्यो मानिसको हातमा एउटा तरवार थियो। यहोशू त्यस मानिसकहाँ गए र सोधे, “तपाईं हाम्रा मानिसहरूको मित्र हुनुहुन्छ, अथवा शत्रु?”