Joshua 6:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी उनले त्यस दलका मानिसहरूलाई परमप्रभुको करारको सन्दुक एकपल्ट सहरको फेरो लाएर घुमाउन लाए। त्यसपछि तिनीहरू छाउनीमा फर्के र त्यहाँ रात काटे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तिनले परमप्रभुको सन्दूकलाई सहरको वरिपरि एक चोटि घुमाए, र तिनीहरू छाउनीमा आए, र त्यहीँ वास बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिनले याहवेहको सन्दुकलाई बोकाएर एक पल्ट सहरको फन्को मार्न लगाए। त्यसपछि योद्धाहरू छाउनीमा फर्किआए, र त्यहीँ रात बिताए।
Nepali ERV (पवित्र बाइबल)
यसरी यहोशूले पूजाहारीहरूलाई परमप्रभुको पवित्र सन्दूक बोकेर एकपल्ट शहर वरिपरि घुम्न लगाए। तब तिनीहरू छाउनीमा फर्किए अनि त्यो रात बिताए।