Joshua 6:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[12-13] भोलिपल्ट यहोशू बिहान सबेरै उठे र अघिल्लो दिनजस्तै गरेर पूजाहारी र सिपाहीहरूले दोस्रोपल्ट सहरको चारैपट्टि फेरो लाए। अघि-अघि जाने सैनिक दल, त्यसपछि तुरही फुक्ने सात जना पूजाहारीहरू, त्यसपछि करारको सन्दुक बोक्ने पूजाहारीहरू र अन्तमा पछि-पछि आउने सैनिक दल गए। त्यति बेला तुरही बजिरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशू बिहान सबेरै उठे, र पूजाहारीहरूले परमप्रभुको सन्दूक उठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट यहोशू बिहानै उठे, र पुजारीहरूले याहवेहको सन्दुक उठाए।
Nepali ERV (पवित्र बाइबल)
भोलि पल्ट बिहानै यहोशू उठे। पूजाहारीहरूले परमप्रभुको पवित्र सन्दूक फेरि बोके।