Joshua 6:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सातौँ फेरो लाएपछि जब पूजाहारीहरू तुरही फुक्न लागेका थिए, यहोशूले आफ्ना मानिसहरूलाई सोर मच्चाउने आज्ञा दिएर भने, “परमप्रभुले सहर तिम्रा हातमा दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ चोटि जब पूजाहारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई भने, “कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ पटकमा जब पुजारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई यसरी आज्ञा दिए, “कराओ, किनभने याहवेहले यो सहर तिमीहरूलाई दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
जब सातौ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदैछ।