Joshua 6:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी पूजाहारीहरूले तुरही फुके। त्यो सुन्ने बित्तिकै मानिसहरू जोडले चिच्याए र सहरका पर्खालहरू ढले। त्यसपछि सारा सेना सीधै सहरमा पसे र त्यसलाई कब्जा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पूजाहारीहरूले तुरही फुके, तब मानिसहरू कराए, र तुरहीको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठूलो सोरले कराए, त्यो पर्खाल फेदैसम्म घर्लम्म ढल्यो, अनि हरेक मानिस आफ्नो सीधै अगि बढ्यो। तिनीहरू सबै सहरमा पसे, र त्यो कब्जा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तुरहीको आवाज बजेपछि योद्धाहरू कराए। अनि जब मानिसहरू तुरहीको आवाज सुनेर चर्को सोरमा कराए, तब पर्खाल भत्कियो। यसरी सारा मानिस सीधै भित्र पसे, र तिनीहरूले त्यस सहरलाई कब्जा गरे।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरूले तुरही बजाए। मानिसहरूले तुरही बजेका सुने अनि कराउन थाले। ती पर्खालहरू भत्किए अनि मानिसहरू सीधै शहर भित्र कुदे। यसरी इस्राएलका मानिसहरूले त्यस शहरलाई परास्त गरे।