Joshua 6:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तरवारले सहरमा भएका पुरुष, स्‍त्री, जवान, केटाकेटी, बुढा-पाका सबैलाई तिनीहरूले मारे। तिनीहरूले गाई-बस्‍तु, भेडा, गधाहरू पनि जीवित छोडेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले त्‍यो सहर परमप्रभुमा अर्पण गरे, र सहरभित्र रहेका पुरुष, स्‍त्री, जवान, बूढ़ा, र गोरु, भेड़ा र गधा सबैलाई तरवारले नाश गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले सहरलाई याहवेहकहाँ अर्पण गरे। अनि त्यहाँ भएका हरेक जीवितहरूलाई अर्थात् पुरुष र स्त्रीहरू, जवान र वृद्धहरू, गाईबस्तु, भेडाबाख्रा र गधाहरू सबैलाई तरवारले नाश गरिदिए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले शहरमा भएका हरेक वस्तु नष्ट गरे। जो त्यहाँ जीवित थिए। तिनीहरूले जवान, बृद्ध, मानिसहरू, जवान स्त्री र बृद्ध स्त्रीहरू गाईवस्तु, भेंडा अनि गधाहरू सबैलाई मारे।