Joshua 6:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब जासूस काम गर्ने ती दुई भाइलाई यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ र आफ्ना प्रतिज्ञाअनुसार त्यसलाई घरको परिवारसमेत लिएर आओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यहोशूले त्यस देशको जासूस गर्न जाने ती दुई जनालाई भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले त्यससित शपथ खाएअनुसार त्यस स्त्री र त्यससँग भएका सबैलाई त्यहाँबाट निकाल।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस देशको भेद लिन जाने दुई जना मानिसहरूलाई चाहिँ यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले तिनीसँग शपथ खाएअनुसार त्यस स्त्री र तिनीसँग भएका सबै मानिसहरूलाई बाहिर निकाल।”
Nepali ERV (पवित्र बाइबल)
यहोशूले ती दुई गुप्तचरसित कुरा गरे। यहोशूले भने, “वेश्याको घरमा जाऊ। तिनलाई र तिनीसित भएका सबैलाई बाहिर ल्याऊ। यसो गरिहाल किनकि तिमीहरूले तिनलाई प्रतिज्ञा गरेकाछौ।”