Joshua 6:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू गएर राहाब, त्यसका आमा-बुबा, दाजु-भाइ र अरू बाँकी परिवार सबैलाई लिई आए। त्यसका परिवारका सबै कुटुम्ब इस्राएली छाउनीको नजिकमा सुरक्षासाथ राखिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती जासूस गर्न जाने युवकहरू गए, र राहाबलाई र त्यसका बुबा, आमा, दाजुभाइ र त्यससँग भएका सबै जना, त्यसका सबै नातेदारलाई बाहिर ल्याए, र तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनीदेखि बाहिर राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण भेद लिन जाने ती दुई जवान मानिसहरू भित्र गए; अनि राहाब, तिनका आमाबुबा र दाजुभाइहरू अनि तिनका सबै मानिसहरूलाई बाहिर निकालेर ल्याए। तिनीहरूले तिनको सम्पूर्ण परिवारलाई बाहिर निकाले; र इस्राएलको छाउनीबाहिर एक ठाउँमा राखे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण ती दुइ मानिसहरू घर भित्र गए अनि राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका पिता-माता, दाज्यू-भाइ, अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई पनि बाहिर ल्याए। तिनीहरूले सबै मानिसहरूलाई इस्राएलका छाउनी बाहिर एक सुरक्षित स्थानमा राखे।