Joshua 6:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यहोशूले राहाब वेश्‍या र त्‍यसका सारा कुटुम्‍बका प्राण जोगाइदिए किनभने उनले यरीहोमा पठाएका दुई जासूसहरूलाई त्‍यसले लुकाइदिएकी थिइन्। (आजसम्‍म तिनका सन्‍तानले इस्राएलमा बास गरेका छन्।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर राहाब वेश्‍या, त्‍यसका बुबाका परिवार र त्‍यससँग भएका सबै जनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले यरीहोमा जासूसी गर्न पठाएका दूतहरूलाई त्‍यसले लुकाएकी थिई। अनि आजसम्‍म इस्राएलीहरूका बीचमा नै त्‍यो रहेकी छे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यहोशूले वेश्या राहाब र तिनका परिवार अनि तिनीसँग भएका सबैलाई छोडिदिए। किनकि तिनले यरीहोमा जासुसी गर्न पठाएका मानिसहरूलाई लुकाएकी थिइन्। अनि तिनका सन्तानहरू आजको दिनसम्म पनि इस्राएलीहरूको बीचमा बास गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
यहोशूले राहाब वेश्या, तिनका परिवार अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई बचाए। यहोशूले तिनीहरूलाई जीवित रहन दिए किनभने राहाबले ती जासूसी गर्न पठाएका दूतहरूलाई सहयोग गरेकि थिइन्, जसलाई यहोशूले यरीहोमा पठाएका थिए। राहाब इस्राएलका मानिसहरू बीच आजसम्म बस्छिन्।