Joshua 6:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उनले आफ्‍ना मानिसहरूलाई सहरका चारैपट्टि फेरो मार्न लाए साथै परमप्रभुको करारको सन्‍दुकको अघिअघि एक दल सेना हिँड्‍ने आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले मानिसहरूलाई भने, “अगाड़ि बढ़ेर सहरको चारैतिर घुमेर जाओ। हतियार बोक्‍नेहरूचाहिँ परमप्रभुको सन्‍दूक अगिअगि हिँडून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले योद्धाहरूलाई आदेश दिए, “अगि बढ, सहरको चारैतिर हिँड, र हतियारधारी मानिसहरूचाहिँ याहवेहको सन्दुकको अगि-अगि हिँडून्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यहोशूले मानिसहरूलाई आदेश दिए, “अब जाऊ, शहर वरिपरि घुम। सैनिकहरू हात-हतियार सहित परमप्रभुको पवित्र सन्दूक अगि अगि हिंड्ने छन्।”