Joshua 7:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब जब्‍दी परिवारका पुरुषहरू एक-एक जना गरेर अघि ल्‍याइए र तीमध्‍ये जब्‍दीको नाति अनि कर्मीको छोरो आकान अलग छुट्याइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले त्‍यसको घरका मानिस-मानिस गरी नजिक ल्‍याए, र आकान, जो यहूदाका कुलका जेरहको छोरो जब्‍दी, त्‍यसको छोरो कर्मीको छोरो थियो, पक्राउ पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशूले त्यसको परिवारलाई एक-एक गरी अगि आउन लगाए। अनि यहूदाको कुलको जेरहका छोरा जब्दी, त्यसका छोरा कर्मी र कर्मीका छोरा आकान पक्राउ पर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
तब यहोशूले त्यो परिवारका सबै मानिसहरूलाई परमप्रभुको समक्ष आउनु भन्नु भने। परमप्रभुले कर्मीका छोरा आकानलाई छान्नु भयो। (कर्मी जिम्रीका छोरा थिए। अनि जिम्री जेरहका छोरा थिए।)