Joshua 7:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूले त्‍यसलाई भने, “छोरो, परमप्रभु इस्राएलका परमेश्‍वरको सामुन्‍ने यहाँ मलाई साँचो भन् र दोष साबित गर्‌। तैँले के गरिस्, सो अब मलाई भन्। त्‍यो मदेखि लुकाउने चेष्‍टा नगर्‌।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहोशूले आकानलाई भने, “हे मेरो छोरो, परमप्रभु इस्राएलका परमेश्‍वरलाई नै महिमा दे, र उहाँको सामु साबिती गरी तैंले के गरेको छस्‌ सो मलाई भन्‌। मबाट त्‍यो कुरो नलुका।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहोशूले आकानलाई भने, “हे मेरो छोरा, याहवेह इस्राएलका परमेश्‍वरलाई महिमा दे, र उहाँको कदर गर्। तैँले जे गरिस्, त्यो मलाई भन्; मदेखि त्यो कुरा नलुका।”
Nepali ERV (पवित्र बाइबल)
तब यहोशूले आकानलाई भने, “छोरो, तैंलेपरमप्रभु इस्राएलका परमेश्वरलाई सम्मान गर् अनि उहाँको अघि तेरो पाप स्वीकार गर्। मलाई भन तैंलेके गरिस् अनि मबाट कुनै कुरा पनि लुकाउने चेष्टा नगर्।”