Joshua 7:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती तिनीहरूले पालदेखि निकाली ल्याए र यहोशू र सबै इस्राएलीहरूकहाँ पुर्याए र परमप्रभुको सामुन्ने राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले ती मालहरू पालको बीचबाट निकालेर यहोशू र सबै इस्राएलीहरूकहाँ ल्याए, र परमप्रभुको सामु राखिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले पालबाट ती चीजहरू लिएर यहोशू र सारा इस्राएलीहरूकहाँ ल्याए। अनि ती याहवेहको अगि राखिदिए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले ती वस्तुहरू पाल बाहिर ल्याए र यहोशू अनि इस्राएलका समस्त मानिसहरू कहाँ लगे। तिनीहरूले ती परमप्रभुको समक्ष भूइँमा राखिदिए।