Joshua 7:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशू र सारा इस्राएलका मानिसहरूले मिलेर आकान, त्यो चाँदी, खास्टो, सुनको डन्डा, आकानका छोरा-छोरी, गाई-वस्तु, गधा र भेडाहरू, त्यसका तम्बू र अरू सबै सम्पत्तिसमेत समाते र ती सबैलाई विपत्तिको बेसीमा लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सबै इस्राएलीहरूका साथमा यहोशूले जेरहवंशी आकानलाई र सो चाँदी, ओढ्ने, र सुनको डण्डा, अनि त्यसका छोराछोरीहरू, र त्यसका गोरुहरू, गधाहरू, र भेड़ाहरू र त्यसको पाल, र त्यससँग जो-जति थिए, ती सबैलाई आकोरको बेँसीमा लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहोशू र सारा इस्राएलीहरू मिलेर जेरहको छोरा आकान, त्यससँग भएको चाँदी, लवेदा, सुनको टुक्रा, त्यसका छोराछोरीहरू, त्यसका गाईबस्तु, गधाहरू र भेडाहरू, त्यसका पाल र त्यसका सबै चीजहरूलाई आकोरको बेँसीमा ल्याए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यहोशू र सबै मानिसहरूले आकान जेरहका छोरालाई तिनीहरूका चाँदी, कोट, सुन, त्यसका छोरा-छोरीहरू, त्यसका गाई-वस्तु, अनि गधाहरू, भेंडाहरू, पाल अनि त्यसका जम्मै वस्तु आकोर बेंसीमा लगे।