Joshua 7:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि यहोशूले भने, “तैँले किन हामीमाथि यस्‍तो विपत् ल्‍याइस्? परमप्रभुले अब तँमाथि विपत् ल्‍याउनुहुनेछ।” तब सबै मानिसहरूले आकानलाई ढुङ्गाले हानेर मारे। तिनीहरूले त्‍यसका परिवार र सम्‍पत्तिहरूमाथि पनि ढुङ्गाले हाने र जलाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले भने, “तैंले हामीमाथि किन यस्‍तो सङ्कष्‍ट ल्‍याइस्‌? आज तँमाथि परमप्रभुले सङ्कष्‍ट ल्‍याउनुहुनेछ।” तब सारा इस्राएलीहरूले त्‍यसलाई ढुङ्गाले हाने, अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यहोशूले भने, “तैँले यो विपत्ति हामीमाथि किन ल्याइस्? याहवेहले आज तँमाथि विपत्ति ल्याउनुहुनेछ।” त्यसपछि सारा इस्राएलीहरूले त्यसलाई ढुङ्गाले हाने। अनि तिनीहरूले अरू बाँकी रहेकाहरूलाई पनि ढुङ्गाले हानेर तिनीहरूलाई जलाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तब यहोशूले भने, “तैंलेहामीमाथि धेरै कष्ट दिइस्, तर अब परमप्रभुले तँमाथि कष्ट ल्याउनु हुनेछ।” त्यसपछि सबै मानिसहरूले आकान अनि त्यसका परिवारमाथि तिनीहरू नमरूञ्जेल उनीहरूले ढुङ्गा वर्षाए तब मानिसहरूले तिनीहरूलाई जलाइ दिए।