Joshua 8:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले हात उचाल्‍ने बित्तिकै लुकिबसेका सिपाहीहरू निस्‍केर सहरमा पसे र त्‍यसलाई कब्‍जामा लिए। तुरुन्‍तै सहरमा डढेलो लगाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले हात पसार्ने बित्तिकै ढुकेर बस्‍ने मानिसहरू झट्टै आ-आफ्‍नो ठाउँबाट उठे, र दौड़ेर सहरभित्र पसेर त्‍यो कब्‍जा गरे, र तुरुन्‍तै त्‍यसमा आगो लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले यसो गर्नसाथ ती ढुकेर बसेका मानिसहरू आफ्नो ठाउँबाट तुरुन्तै निस्केर अगि बढे। तिनीहरू सहरभित्र पसे। तब त्यसलाई कब्जा गरे; अनि तुरुन्तै सहरमा आगो लगाइदिए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरू जो लुकिरहेका थिए तिनीहरूले यो देखे। तिनीहरू झट्टै आफ्ना लुकिरहेका स्थानबाट बाहिर आए अनि हत्तारिएर शहरतर्फ कुदे। तिनीहरूले शहर भित्र प्रवेश गरे अनि त्यसलाई अधिकारमा लिए। त्यसपछि सैनिकहरूले शहरमा आगो लाउन थाले।