Joshua 8:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरीहो र त्‍यसका राजालाई जे गरेको थिइस्, त्‍यस्‍तै ऐ र त्‍यसका राजालाई गर्नू। तर यसपालि त्‍यहाँका सर-सामान र गाई-वस्‍तु आफ्‍नो लागि राख्‍नू। त्‍यस सहरमाथि थाहा नदिई झुक्‍याएर पछिल्‍लो पट्टिबाट हमला गर्ने तयारी गर्‌।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले यरीहो र त्‍यसको राजालाई जे-जसो गरेको थिइस्, ऐ र त्‍यसको राजालाई पनि त्‍यसै गर्नेछस्, केवल त्‍यहाँको धनमाल र त्‍यहाँका पशुहरू तिमीहरूले आफ्‍नो निम्‍ति लिन सक्‍छौ। त्‍यस सहरको पछाड़ितिर ढुकेर बस्‍नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले ऐ र त्यसको राजासँग त्यस्तै गर्नू, जुन तैँले यरीहो र त्यसको राजासँग गरेको थिइस्। तर तैँले त्यहाँको लुटको माल र गाईबस्तु भने आफ्ना लागि ल्याउन सक्छस्। तैँले सहरको पछिल्तिर ढुकेर बस्‍नू।”
Nepali ERV (पवित्र बाइबल)
यो समयमा मात्र तिमीहरू सबै सम्पत्ति र पशुहरू लिन सक्छौ र तिमीहरू आफ्नै लागि राख्न सक्छौ। अब, तेरा केही सैनिकहरूलाई शहर पछाडि लुक्नु भन्।”