Joshua 8:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऐका पुरुषहरूले फर्केर हेर्दा धुवाँ आकाशतिर उठिरहेको देखे। तिनीहरूको भाग्‍ने केही उपाय थिएन किनभने उजाड-भूमितिर दगुरी गएका इस्राएलीहरूले फर्केर तिनीहरूलाई हमला गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब ऐका मानिसहरूले पछि फर्केर हेरे, तब सहरको धूवाँ आकाशतिर उठिरहेको उनीहरूले देखे, तर उनीहरूका लागि यताउता भाग्‍ने मौका नै रहेन, किनभने उजाड़-स्‍थानतिर भाग्‍ने इस्राएलीहरू खेद्‌नेहरूतिर फर्केर जाइलागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब ऐ सहरका मानिसहरूले पछि फर्केर हेरे, तब सहरबाट धुवाँको मुस्लो आकाशतिर गइरहेको देखे। तर तिनीहरूलाई कुनै दिशातिर भाग्ने मौका थिएन। किनकि उजाडस्थानतिर भाग्दै गरेका इस्राएलीहरू तिनीहरूलाई खेद्नेहरूको विरुद्धमा फर्किसकेका थिए।
Nepali ERV (पवित्र बाइबल)
ऐका मानिसहरूले फर्केर हेरे अनि तिनीहरूका शहर जल्दै गरेका देखे। तिनीहरूले आकाशमा धूँवा उठेका देखे। यसर्थ तिनीहरूले आफ्ना शक्ति र साहस हराए। अनि इस्राएलका मानिसहरूलाई खेदन छाडे। इस्राएलका मानिसहरू भाग्न छाडे। तिनीहरू फर्के अनि ऐका मानिसहरूसित लड्न गए। ऐ का मानिसहरूका निम्ति भागेर जानको कुनै सुरक्षित स्थान थिएन।