Joshua 8:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले खेदिलगेका उजाड-भूमिमा इस्राएलीहरूले शत्रुहरूलाई एक-एक गरी मारे। त्‍यसपछि तिनीहरू फर्केर ऐमा गए र त्‍यहाँ भएका सबैलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले ऐका सबै बासिन्‍दाहरूलाई आफूहरूलाई खेदेको मैदान र उजाड़-स्‍थानमा खतम गरे, र उनीहरू सबैलाई तरवारले निमिट्यान्‍न पारे। तब सबै इस्राएलीहरू ऐमा फर्केर त्‍यसमा भएकाहरूलाई पनि नाश गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उजाडस्थानमा इस्राएलीहरूलाई खेद्‌दै आएका ऐका सबै मानिसहरूलाई त्यहीँ नै तरवारले मारे। अनि सबै इस्राएलीहरू ऐमा फर्केर आए। तब त्यहाँ भएकाहरूलाई पनि मारे।
Nepali ERV (पवित्र बाइबल)
युद्धको समयमा, इस्राएलका सेनाहरूले ऐका मानिसहरूलाई मैदान अनि मरूभूमि तिर खेदे। यसरी इस्राएलका सेनाहरूले ऐ शहरका मानिसहरूलाई मैदान तिर अनि मरूभूमि तिर मार्ने काम पूर्ण गरे। त्यसपछि इस्राएलका मानिसहरू ऐ तिर फर्केर गए अनि शहरमा अझ जीवितरहेका सबै मानिसहरूलाई मारिदिए।