Joshua 8:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो वेदी परमप्रभुको सेवक मोशाले इस्राएलीहरूलाई दिएका आदेशहरूअनुसार तिनले कहिल्‍यै फलामले नछोएका ढुङ्गाले बनाए। मोशाको व्यवस्थामा भनेअनुसार त्‍यस वेदीमा तिनीहरूले परमप्रभुलाई होमबलि र मेलबलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका दास मोशाले इस्राएलीहरूलाई आज्ञा गरेबमोजिम र मोशाले दिएको व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएअनुसार, नकाटेको, अर्थात्‌ फलामले नछोएका ढुङ्गाहरूको एउटा वेदी बनाए, र त्‍यसमा तिनीहरूले परमप्रभुको निम्‍ति होमबलि चढ़ाए, र मेलबलि पनि चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुनचाहिँ याहवेहका सेवक मोशाले इस्राएलीहरूलाई आज्ञा दिएअनुसार र तिनले मोशाको व्यवस्थामा लेखिएअनुसार, फलामको कुनै औजार प्रयोग नगरिएका र नकाटिएका ढुङ्गाहरूको वेदी थियो। त्यसमाथि तिनीहरूले याहवेहका निम्ति होमबलि र मेलबलिहरू चढाए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई भनेका थिए, कि वेदी कसरी निर्माण गर्नु पर्ने। यसर्थ यहोशूले, मोशाको व्यवस्थाको पुस्तकमा व्याख्या गरे अनुसार निर्माण गरे। त्यो वेदी नकाटिएको ढुङ्गा द्वारा बनाइएको थियो। ती ढुङ्गाहरूमा कुनै हात हतियार कहिले प्रयोग भएको थिएन। तिनीहरूले त्यो वेदीमा परमप्रभु प्रति होमबलि अर्पण गरे। अनि मेलबलि पनि चढाए।