Joshua 8:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा जन-समूह, जसमा स्त्री, छोरा-छोरीहरू र तिनका माझमा बास गर्ने विदेशीहरू पनि थिए, तिनीहरूलाई यहोशूले मोशाका सम्पूर्ण आज्ञाहरू पढेर सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जति कुराको मोशाले आज्ञा दिएका थिए तिनीहरूमा यहोशूले इस्राएलका सारा समाज अन्तर्गत स्त्रीहरू, केटाकेटीहरू र तिनीहरूका साथमा रहने परदेशीहरूका सामुन्ने नपढ़ेको कुरा कुनै पनि रहेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका सम्पूर्ण समुदाय, साथै स्त्री र बालबालिकाहरू र तिनीहरूसँग बस्ने विदेशीहरूको सामु मोशाले आज्ञा गरेका वचनहरूमा यहोशूले नपढेको शब्द एउटै पनि थिएन।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका समस्त मानिसहरू त्यहाँ भेला भएका थिए। सबै स्त्रीहरू, केटा-केटीहरू अनि सबै विदेशीहरू त्यहाँ थिए जो इस्राएलका मानिसहरूसित बस्थे। अनि यहोशूले प्रत्येक आज्ञा पढे जो मोशाले दिएका थिए।