Joshua 8:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेला तिमीहरू लुकेका ठाउँबाट निक्‍लेर आई सहर कब्‍जा गरिहाल्‍नू। परमप्रभु तिम्रा परमेश्‍वरले त्‍यो सहर तिमीहरूलाई दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिमीहरूले ढुकेको ठाउँबाट उठेर त्‍यो सहर कब्‍जा गर्नू, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातमा त्‍यो सुम्‍पनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले ढुकेर बसेको ठाउँबाट निस्केर सहरलाई कब्जा गर्नू। याहवेह तिमीहरूका परमेश्‍वरले त्यो तिमीहरूको हातमा दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब तिमीहरू लुकेको ठाउँबाट बाहिर आउनु पर्छ अनि शहरलाई अधिकारमा लिनु पर्छ। यसप्रकारले परमप्रभु तिमीहरूका परमेश्वरले शहरलाई कब्जा गर्न तिमीहरूलाई सहयोग गर्नुहुनेछ।