Joshua 9:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका विजयका कुरा यर्दनका पश्‍चिममा भएका सबै राजाहरू, हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसी सबैले सुने। त्‍यो कुरा डाँडामाथि, तिनका फेदीमा र भूमध्‍य सागरका किनारका मैदानमा, उत्तरपट्टि लेबनानभरि फैलियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यर्दन पारि पहाड़ र तराईमा, र लेबनानसम्‍म महासमुद्रको किनारमा बस्‍ने हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका राजाहरूले यो सब सुने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब यर्दनको पश्‍चिमतिरका सबै राजाहरूले यी कुराहरूको बारेमा सुने। ती राजाहरू यिनै थिए: हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी अनि यबूसी, जो पहाडी मुलुकका पश्‍चिमका डाँडाहरू, फेदी र लेबनानसम्म फैलिएका महासागरका किनारामा बस्दथे।
Nepali ERV (पवित्र बाइबल)
जब यर्दन नदीको पश्चिम क्षेत्रका राजाहरूले यस विषयमा सुने, यहोशू र इस्राएलीहरूसँग युद्ध गर्न सम्मिलित भए। तिनीहरू पर्वतहरूबाट, समतल भूमिबाट, भूमध्यसागरको किनाराबाट, लबानोनको माथिबाट आए। तिनीहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी, यबूसीहरू सबै एक दलमा आए।