Joshua 9:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा अगुवाहरू र हाम्रा सारा देशबासीले हामीलाई केही भोजन यात्राको लागि तयार गरेर, यहाँ आई तपाईंहरूसित भेट गर्न पठाएका हुन्। तपाईंहरूका सेवा गर्न र हामीसित एउटा सन्‍धि-पत्र गर्न तपाईंहरूसँग बिन्‍ती गर्न पठाएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण हाम्रा बुढापाका र हाम्रो देशका सबै बासिन्‍दाहरूले हामीलाई यसो भने, ‘तिमीहरूले आफ्‍नो बाटोमा खानेकुरा लिएर उनीहरूलाई भेट्‌न जाओ, र उनीहरूलाई “हामी त तपाईंहरूकै दासहरू हौं, यसकारण अब हामीसँग सन्‍धि गर्नुहोस्‌” भन’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हाम्रा प्रधानहरू र हाम्रा देशमा बस्‍ने सबै मानिसहरूले हामीलाई भने, ‘यात्राका निम्ति चाहिने सबै खानेकुराहरू बोकेर जाओ, र तिनीहरूलाई भेटेर भन; “हामी तपाईंहरूका सेवकहरू हौँ, यसैले हामीसँग सन्धि गर्नुहोस्।” ’
Nepali ERV (पवित्र बाइबल)
यसर्थ हाम्रा अगुवाहरू र हाम्रा मानिसहरूले हामीलाई भने, ‘तिमीहरूको यात्राका निम्ति प्रचुर मात्रामा खाद्य पदार्थ बोक। जाऊ अनि इस्राएलका मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, “हामी तपाईंहरूका दासहरू हौं। हामीसित शान्ति सन्धि गर्नुहोस्।”‘