Joshua 9:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी दाखमद्यका मशकहरू भर्दा ती नयाँ नै थिए तर हेर्नुहोस्, ती फाटिसकेका छन्। लामो यात्राले गर्दा हाम्रा कपडा र चप्पलहरू फाटिसकेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले दाखमद्य भरेका यी छालाका मशकहरू नयाँ नै थिए, तर हेर्नुहोस्, ती फाटिसकेका छन्, र यी हाम्रा लुगाहरू र जुत्ताहरू पनि लामो बाटो भएको हुनाले थोत्रा भइसकेका छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हामीले यी मशकहरू दाखमद्यले भर्दा नयाँ नै थिए। तर अब हेर्नुहोस्, यी प्वाल परिसकेका छन्। अनि हाम्रा लुगाहरू र जुत्ताहरू लामो यात्राको कारणले थोत्रा भइसकेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
हाम्रा दाखरसका छालाका मशकहरू हेर्नुहोस्। हामीले घर छोड्दा यी नयाँ अनि दाखमद्यले भरिएका थिए। अहिले तपाईंहरूले देख्नसक्नु हुन्छ, कि तिनीहरू चर्केका अनि पुराना भएका छन्। हाम्रा बस्त्र अनि चप्पलहरू हेर्नु होस्। तपाईंहरूले देख्न सक्नु हुन्छ कि लामो यात्राले गर्दा हामीले लगाएका कुराहरू प्रायः थोत्रा भएका छन्।”