Joshua 9:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूले गिबोनका बासिन्दाहरूसित मित्रताको सन्धि-पत्र बनाए र तिनीहरूलाई बास गर्न दिए। इस्राएलका अगुवाहरूले सन्धि पालन गर्नेछौं भनी आफ्ना गम्भीर प्रतिज्ञा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यहोशूले उनीहरूसँग मिलाप गरी उनीहरूलाई जीवितै राखेर सम्झौता गरे र समुदायका नायकहरूले पनि शपथद्वारा यसको अनुमोदन गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहोशूले तिनीहरूलाई जीवितै राख्ने शान्ति-सन्धि गरे। अनि सभामा अगुवाहरूले त्यसलाई शपथद्वारा सहमत गरे।
Nepali ERV (पवित्र बाइबल)
यहोशू तिनीहरूसित सन्धि गर्न सहमत भए। तिनीहरूलाई जीवित राख्न तिनी सहमत भए। इस्राएलका अगुवाहरू यहोशूको यो शपथ प्रति सहमत भए।