Joshua 9:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इस्राएलीहरूले तिनीहरूलाई मार्न सकेनन् किनभने तिनका अगुवाहरूले ती मानिसहरूसित परमप्रभु इस्राएलका परमेश्‍वरको नाममा पवित्र प्रतिज्ञा गरेका थिए। सबै मानिसहरूले अगुवाहरूसित यस कुराबारे गनगनाए;
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले उनीहरूमाथि आक्रमण गरेनन्, किनकि समुदायका नायकहरूले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्‍वरको शपथ खाएका थिए। सारा समुदाय नायकहरूका विरुद्धमा गनगनाउन लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलीहरूले तिनीहरूमाथि आक्रमण गरेनन्; किनकि समुदायका अगुवाहरूले तिनीहरूसँग याहवेह इस्राएलका परमेश्‍वरको नाममा शपथ खाएका थिए। सारा समुदाय ती अगुवाहरूसँग गनगन गरे।
Nepali ERV (पवित्र बाइबल)
तर इस्राएलका सेनाले ती शहरहरूको विरूद्ध युद्ध गर्ने प्रयत्न गरेनन् तिनीहरूले ती मानिसहरूसित शान्ति-सम्झौता गरेका थिए। तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको समक्ष ती मानिसहरूलाई शपथ दिएका थिए। सबै मानिसहरूले ती अगुवाहरू विरूद्ध विरोध जनाए जसले सम्झौता गरेका थिए।